Powered by Blogger.

प्रतिनिधिसभामा १५८ सिटको टुंगो लाग्यो, कसले कति जिते ? (नामसहित)

काठमाडौं,१२ मंसिर – मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका १६५ मध्ये हालसम्म १ सय ५८ निर्वाचन ...

काठमाडौं,१२ मंसिर – मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका १६५ मध्ये हालसम्म १ सय ५८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमो छ । नेकपा एमालेले ४२ क्षेत्र जित्दै कांग्रेसलाई पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले ७–७ क्षेत्रमा जित निकालेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।

क–कस्ले जिते ?
कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादु देउवा, योगेश शेरचन, टेकबहादुर गुरुङ, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, मोहन आचार्य, उदय शमशेर जबरा, शंकर भण्डारी, राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

साथै, कांग्रेसका रमेशकुमार रिजाल, हृदयराम थानी, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, अजयकुमार चौरसिया, राजेन्द्र बजगाँई, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, दिलेन्द्र प्रसाद बडू, रमेश लेखक, एनपी साउँद, दिक्पालकुमार शाही, दुर्लभ थापा, शशांक कोइराला, रामचन्द्र पौडेल, किशोरसिंह राठोर, देवप्रकाश तिमल्सिना, दिनेश कुमार यादव, राम नाथ अधिकारी, पूर्णबहादुर खड्का पनि निर्वाचित भएका छन् ।

आयोगका अनुसार कांग्रेसका विष्णु कुमार कार्की, श्यामकुमार घिमिरे, दीपक गिरी, सञ्जय गौतम, विनोद चौधरी, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, शेखर कोइराला, डिल्लीराज पन्त, चन्द्रकान्त भण्डारी, राजु थापा, दीपक खड्का, सुरेन्द्र राज आचार्य, सीता गुरूङ, सुनिलकुमार शर्मा, अर्जुननरसिंह केसी, तेजुलाल चौधरी, ऐनबहादुर शाही, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बू, पूर्णबहादुर तामाङ पनि निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा (एमाले)बाट अम्बरबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकर्ण विष्ट, देवराज घिमिरे, केपी शर्मा ओली, योगेश भट्टराई, राजकुमार गुप्ता, टोपबहादुर रायमाझी, सूर्य थापा, पृथ्वीसुब्बा गुरुङ, महेश बर्तौला, मानवीर राई, पदम गिरी, लालप्रसाद साँवा लिम्बु, बासुदेव घिमिरे, राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

आयोगका अनुसार एमालेका विद्या भट्टराई, सूर्य प्रसाद ढकाल, राम शंकर यादव, दामोदर भण्डारी, तारा लामा तामाङ, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, दामोदर पौडेल ’वैरागी’, हरिप्रसाद उप्रेती, ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, जुली महतो, मनबहादुर गुरूङ पनि निर्वाचित भइसकेका छन् ।

त्यसैगरी लीलानाथ श्रेष्ठ, ठाकुरप्रसाद गैरे, ऋषिकेश पोखरेल, मंगलप्रसाद गुप्ता, विष्णु पौडेल, गोकुल बाँस्कोटा, नारायणप्रसाद आचार्य, छविलाल विश्वकर्मा, भीम आचार्य, सुवास नेम्वाङ, लक्ष्मी महतो कोइरी र महेश बस्नेत, महेश बस्नेत निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रराय यादव, सूर्यप्रसाद तामाङ(दोङ), छिरिङ डम्बुल लामा (भोटे) र महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिशिर खनाल र तोसिमा कार्की निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव, नवलकिशोर साह सुडी, दीपक कार्की, राम सहायक प्रसाद यादव, राजकिशोर यादव र बीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् ।

राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दीपक बोहोरा र ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी भएका छन् ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।

The post प्रतिनिधिसभामा १५८ सिटको टुंगो लाग्यो, कसले कति जिते ? (नामसहित) appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: प्रतिनिधिसभामा १५८ सिटको टुंगो लाग्यो, कसले कति जिते ? (नामसहित)
प्रतिनिधिसभामा १५८ सिटको टुंगो लाग्यो, कसले कति जिते ? (नामसहित)
dddddd
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_13.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_13.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content