Powered by Blogger.

मधेस प्रदेश सरकारमा जनमत पार्टीको दाबी

जनकपुर,१४ मंसिर । मधेस प्रदेशमा सरकारमा दलहरूले आ-आफ्नो दाबी अनौपचारिक रुपमा प्रस्तुत गर्न थालेका छन् । मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन...

जनकपुर,१४ मंसिर । मधेस प्रदेशमा सरकारमा दलहरूले आ-आफ्नो दाबी अनौपचारिक रुपमा प्रस्तुत गर्न थालेका छन् । मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल एमाले भएको छ भने दोस्रोमा कांग्रेस छ । त्यसपछि जसपा, लोसपा, जनमत, माओवादी र नेकपा एकीकृत समाजवादी छन् । एमालेले १५, कांग्रेसले १३, जसपाले नौ, लोसपाले सात, जनमतले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले चार– चार सिट जितेका छन् भने स्वतन्त्रले ६ वटा सिट जितेका छन् ।

मधेस प्रदेशमा जसले सरकार बनाए पनि जनमत पार्टीको आवश्यकता पर्नेछ । जनमतले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढाएको सो पार्टीका नेताहरूले बताएका छन् । ‘अब की बार सीके सरकार’ को नारा दिएर चुनाव जितेको जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व आफैले गर्नेगरी अनौपचारिक छलफल अघि बढाएको छ ।

सरकारको नेतृत्व गर्न नपाए जनतासँग गरिएको प्रतिवद्धता पूरा गराउन गाह्रो हुने भन्दै जनमत पार्टीका नेताहरूले सरकारको नेतृत्व गर्ने गरी दलहरूसँग छलफल सुरु गरेका हुन् ।

सो पार्टीका महासचिव चन्दन सिंहले मधेस प्रदेशमा आफूहरूले सरकारको दाबी गर्ने र त्यसका लागि दलहरूको बीचमा छलफल सुरु भएको बताए । ‘औपचारिक छलफल सुरु भएको छैन तर विभिन्न दलका नेताहरुसँग अनौपचारिक छलफल सुरु भइसकेको छ,’ उनले भने, ‘जनमतको जति मत आएको छ, त्यसको आधारमा सरकारको दाबी गर्नु जायज नै हो । समानुपातिकसहित १३–१४ सिट जनमतसँग हुन्छ, त्यसको आधारमा सरकारको नेतृत्व गर्ने आधार हामीसँग छ ।’

सोही पार्टीका नेता बीपी साहले अन्य दलहरूले गठबन्धन गरेर जिते पनि जनमत पार्टीले एक्लै प्रत्यक्षमा सात सिट ल्याएको भन्दै सरकारको नेतृत्व गर्ने आधार आफूहरुसँग रहेको बताए । कांग्रेस, एमाले लगायतका दलहरुसँग सरकार गठनका बारेमा अनौपचारिक छलफल सुरु भएको जानकारी दिँदै उनले अहिलेसम्म सबैले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेको बताए ।

उनले सरकारमा नेतृत्व गर्न जनमतको जबर्जस्त दाबी रहेको प्रस्ट पारे । यदि आफ्नो पार्टीले सरकारको नेतृत्व नपाए विकल्पका बारेमा थप छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ । उता, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारको नेतृत्वमा दाबी गरेका छन् । लोसपाले केन्द्रमा गठबन्धन सरकारलाई सघाउने र मधेस प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी छलफल सुरु भएको सो पार्टीका नेता मनिष मिश्रले बताए ।

गठबन्धनका लागि कांग्रेससँग छलफल हुँदा मधेस प्रदेश सरकारको नेतृत्व दिने सहमति भएको सो पार्टीका नेताहरुको दाबी छ । त्यस्तै, जसपाले पनि मधेस सरकारको नेतृत्वमा दाबी गर्दै आन्तरिक रुपमा अन्य दलहरुसँग छलफल सुरु गरेको छ ।

The post मधेस प्रदेश सरकारमा जनमत पार्टीको दाबी appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: मधेस प्रदेश सरकारमा जनमत पार्टीको दाबी
मधेस प्रदेश सरकारमा जनमत पार्टीको दाबी
dddddd
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_44.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_44.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content