Powered by Blogger.

२०४९ मा उपमेयर हुँदा किन अख्तियार धाएका थिए अजय द्धिवेदी ?

वीरगन्ज– अगामी मंसिर ४ गतेको आम निर्वाचन आउन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु विभिन्न नारा र वाचा गरेर मतदातालाई रिझाउन लागि परेका छन् ।...

वीरगन्ज– अगामी मंसिर ४ गतेको आम निर्वाचन आउन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु विभिन्न नारा र वाचा गरेर मतदातालाई रिझाउन लागि परेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा एमाले जसपा गठबन्धन, ५ दलीय सत्ता गठबन्धन र स्वतन्त्र उम्मेदवार बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

एमाले जसपा गठबन्धनका प्रदीप यादव र सत्ता गठबन्धनका लक्ष्मण लाल कर्णले पार्टीको घोषणपत्र बमोजिम जनताको बीचमा गएर मत मागिरहेका छन् । यता स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले आफूमाथि विभेद भएको, अन्याय भएको र आफू इमानदार तथा विकासप्रेमी नेता भएकाले मत मागिरहेका छन् । 

२०४९ सालमा कांग्रेका माधवलाल क्षेष्ठ वीरगन्जको मेयर हुँदा २७ वर्षीय अजय कुमार द्धिवेदी उपमेयर भएका थिए । ३० वर्ष अगाडि हरित वीरगन्ज बनाउन उनले १० लाख रुपैयाँ विनियोजन गरि वीरगन्जको घन्टाघरदेखि उत्तर तर्फको सडकमा वृक्षारोपण गर्ने योजना ल्याएका थिए ।

त्यसबेलाको १० लाख रुपैयाँको विरुवा इमानदारीपूर्वक रोपिएको भए अहिले वीरगन्जको दृश्य अर्कै हुन्थ्यो । वीरगन्ज महानगरपालिकाका पुराना कर्मचारीका अनुसार १० लाख रुपैयाँ निकासा भएपनि केही थान विरुवा मात्र रोपिएको थियो । ‘उचित हेरचाह विना ती विरुवा सुखेर गए,’ महानगरका एक कर्मचारी भन्छन्, ‘३० वर्ष अगाडि १० लाख रुपैयाँ पनि ठूलो रकम थियो ।’ 

आफूलाई इमानदार र विकासप्रेमी भनेर प्रचार गरिरहेका द्धिवेदीले आफ्नो विवाह हुने दिन नै आफू कार्यकारी मेयर हुँदा नगरपालिकाको बोर्ड बैठक डाकेका थिए । मेयर माधवलाल क्षेष्ठ वीरगन्ज बाहिर भएकाले उपमेयर अजय द्धिवेदीलाई निमिक्त मेयरको जिम्मेवारी दिएका थिए । त्यसबेला वीरगन्जको चुँगी करको ठेक्का जगरनाथ सोनारले पाएका थिए ।

नगरपालिकाको पुराना कर्मचारीका अनुसार निमिक्त मेयर द्धिवेदीले विवाहकै दिन बोलाएको बोर्ड बैठकमा पहेलो धोती (मरदानी) लगाएर नगरपालिका आएका थिए । उक्त बैठकले चुँगी करका ठेकेदार जगरनाथ सोनारले कबुल गरेको ठेक्का रकम मध्येबाट २५ लाख रुपैयाँ मिनाहा गरेको थियो । 

वृक्षारोपण र चुँगी करमा भएको भ्रष्टचारको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उपमेयर द्धिवेदीले त्यसबेला लामो समय अख्तियारमा तारिख धाउनु परेको थियो । अख्तियारका त्यसबेलाका आयुक्त सूर्यनाथ उपाध्याय पर्सावासी नै थिए ।

त्यसमाथि केन्द्रमा कांग्रेसको सरकार भएकाले उपमेयर द्धिवेदीको वृक्षारोपण र चुँगी करको भ्रष्टचार मुद्दा रफादफा गरिएको थियो । द्धिवेदीका समकक्षी र नगरपालिका पुराना कर्मचारी अहिले उनको चुनावी नारा सुनेर छक्क परेका छन् ।

भर्खर कलेजको पढाई सकेर पारिवारिक विरासतको आडमा कांग्रेसको टिकट पाएर वीरगन्जको उपमेयर भएका द्धिवेदीले युवाकालमै आर्थिक उपार्जनका लागि गरेका वृक्षारोपण र चुँगी कर मिनाहा प्रकरणमा उनी कति इमानदार र विकासप्रेमी छन् भन्ने छर्लङ हुन्छ ।  

२०७४ मा विजय सरावगी मेयरमा जितेको एक वर्षपछि करको दरहरु अत्यधिक वृद्धि भएको भन्दै द्धिवेदीले आफ्नै नेतृत्वमा विरोध जुलुस निकालेका थिए । तर, १/२ दिनकै विरोध पछि द्धिवेदी मौन भए ।

यसैगरि आदर्शनगरको हजारीमल धर्मशाला सार्वजनिकीकरणका लागि पनि द्धिवेदी कांग्रेसजनलाई लिएर सडकमा ओर्लिएका थिए । केही दिनमै रक्सौल निवासी सरवागीको नातेदार महेश अग्रवालको घरमा भएको भेटघाट पछि हजारीमल प्रकरणमा पनि द्धिवेदी एकाएक मौन भएको वीरगन्जवासीले बिर्सिएका छैनन् । 

नारामै विरोधाभास

२७ वर्षको उमेरमा वीरगन्ज नगरपालिकाको उपमेयर भएको, २०६४ सालमा संविधान सभा सदस्य भएको, २०७० को दोस्रो संविधान सभामा एमालेको विचारी यादवसँग पराजित भएको, २०७४ को स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाको विजय कुमार सरावगीसँग हारेका द्धिवेदी कसरी विभेदमा परे ? हेरक निर्वाचनमा कांग्रेसको टिकट पाउँदै आएका द्धिवेदी पछिल्ला २ चुनाव हारेपाछि पार्टीले कसरी अन्याय गर्‍यो ?

कांग्रेसका एक नेता भन्छन्, ‘अहिले प्रतिगमन विरुद्धको लडाईमा पार्टीले गठबन्धन गर्दा कांग्रेसले पराजय भोगेको क्षेत्रमा गठबन्धनमै रहेको अन्य दलले टिकट पाएका छन्, पार्टीको निर्णय स्वीकार नगरि द्धिवेदीले कांग्रेस कार्यकर्तालाई गुमराह पारि कांग्रेसलाई धोका दिने काम गरेका छन् ।’

पछिल्ला २ वटा चुनाव लगातार हारेका द्धिवेदी लगातार १५ वर्ष कांग्रेस पर्साको सभापति पदमा आसिन थिए । हालै सम्पन्न भएको कांग्रेसको १४ औँ महाधिवेशनमा द्धिवेदी केन्द्रीस सदस्यमा उठेका थिए । तर, त्यहाँ पनि पराजित भए ।

The post २०४९ मा उपमेयर हुँदा किन अख्तियार धाएका थिए अजय द्धिवेदी ? appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: २०४९ मा उपमेयर हुँदा किन अख्तियार धाएका थिए अजय द्धिवेदी ?
२०४९ मा उपमेयर हुँदा किन अख्तियार धाएका थिए अजय द्धिवेदी ?
dddddd
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_7.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_7.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content