Powered by Blogger.

बारामा तीनजना उम्मेदवारहरु विजयी, अन्यको गणना जारी

  बारा ७ मंसिर । बारा–४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनक...

 

बारा ७ मंसिर । बारा–४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् ।

श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्पmबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।

बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्रुमेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् ।

सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत पाएका हुन् ।

यसैगरी बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनान्नब्बे मत पाएका छन् ।

बारा २ स्वतन्त्र उम्मेदवार यादव निरन्तर अगाडि

बारा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ५०४ मतले अग्र स्थानमा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवा र एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार यादवले अग्र स्थानमा रहेका हुन् । 

खरायो चुनाव चिन्ह लिएर उम्मेदवार रहेका रामकिशोर यादवले ६ हजार २८९, एमाले–जसपा गठबन्धनबाट रामसहाय यादवले ५ हजार ७८६  र तेस्रो स्थान र सत्ता गठबन्धन उम्मेदवार शिवचन्द्र कुशहवाले ५ हजार ३९८ मत प्राप्त गरेका छन् ।

बारा–३ मा एमाले र जसपा उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा

मधेस प्रदेशका ८ जिल्लामा एमाले–जसपाबीच गठबन्धन भइरहेको बेला बारा निर्वाचन क्षेत्र नं ३ मा भने एमाले उम्मेदवार ज्वालाकुमारी साह र जसपा उम्मेदवार रामबाबु यादवबीच तीव्र प्रतिस्पर्धा भएको छ । सो निर्वाचन क्षेत्रमा हालसम्म  भएको मतगणनामा एमाले उम्मेदवार साहले १० हजार ८६५ र जसपा उम्मेदवार यादवले ९ हजार ५७३ मत प्राप्त गरेका छन् । बारा–३ मा सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंह भने तेस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका सत्ता गठबन्धन उम्मेदवार सिंहले ६ हजार ८५५ मत ल्याएका छन् । 

बारा ४ मा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ र सोनल अगाडि

बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ ६ हजार २५५ मतले अग्र स्थानमा रहेका छन् ।  बारा निर्वाचन क्षेत्र नं ४ मा ४८ हजार २२ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठले १९ हजार ८१९ मत ल्याएका छन् भने एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँँले १३ हजार ५६४ मत प्राप्त गरेका छन् ।

बारा ४ मा  प्रदेशसभा सदस्य तर्पm देवनारायण चौधरीले ११ हजार ४८६ मत ल्याउदाँ सत्ता गठबन्ध तर्पm माओवादी उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले  ८ हजार ५०९ मत प्राप्त गरेका छन् । त्यसैगरी बारा ४ (ख) मा प्रदेशसभा सदस्य तर्पm सत्ता गठबन्धन उम्मेदवार जितेन्द्र सोनल दोब्बर मतले अग्र स्थानमा रहका छन् । सोनलले १२ हजार १८१ मत ल्याउँदा जसपा उम्मेदवार ६ हजार ९ मत मात्रै प्राप्त गरेका छन् । 

४ मा जितपुरसीमरा, प्रसौनी, परवानीपुर, फेटा, विश्रामपुर र कलैया उपमहानगरको एक वडा नं १७ सहित ३८ वटा वडा यसै निर्वाचन क्षेत्रमा पर्छ । सो निर्वाचन क्षेत्रमा अव १० वटा वडा मात्रै गणना हुन बाँकी छ । आज साँझ सम्म बाराको अन्तिम नतिजा आउन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: बारामा तीनजना उम्मेदवारहरु विजयी, अन्यको गणना जारी
बारामा तीनजना उम्मेदवारहरु विजयी, अन्यको गणना जारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgl9-lUG1lHUnak7P00M1ePHzKofdCRz4CUqjeQxQZKXQYBWOLIet8MKuNsgMwpYm6MRMfWi7vK6C6_Dhj1YiyMNBSAXsYzA96gWyP-Wz4ZDfOmucBKdz10KlBxovjis_5IWhoP6iU4zoJAT5760L8aUJD5TXDE9IBxpNxmygG6YCqlMUGbrOnPG_0YUw/w640-h582/bara.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgl9-lUG1lHUnak7P00M1ePHzKofdCRz4CUqjeQxQZKXQYBWOLIet8MKuNsgMwpYm6MRMfWi7vK6C6_Dhj1YiyMNBSAXsYzA96gWyP-Wz4ZDfOmucBKdz10KlBxovjis_5IWhoP6iU4zoJAT5760L8aUJD5TXDE9IBxpNxmygG6YCqlMUGbrOnPG_0YUw/s72-w640-c-h582/bara.jpg
dddddd
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_9.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/11/blog-post_9.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content