Powered by Blogger.

माग र बजार नभएपछि वीरगन्जको शालिमार सहित आधा दर्जन स्टिल उद्योग बन्द

१८ मंसिर : माग र बजार नभएपछि डेढ दर्जन स्टिल उद्योगले उत्पादन ठप्प पारेका छन्  । तीमध्ये ६ वटा उद्योग पूर्ण रूपमा बन्द भएका छन् । पर्सा– बा...

१८ मंसिर : माग र बजार नभएपछि डेढ दर्जन स्टिल उद्योगले उत्पादन ठप्प पारेका छन्  । तीमध्ये ६ वटा उद्योग पूर्ण रूपमा बन्द भएका छन् । पर्सा– बारा औद्योगिक कोरिडोरमा रहेका शालिममार स्टिल , गोयल स्पात लगायतका ६ उद्योग बन्द भएका हुन् भने यसै कोरिडोरमा रहेका साख स्टिल , हिमाल स्टिल लगायत १० उद्योगले उत्पादन ठप्प पारेका छन् । अहिले चालु रहेका स्टिल उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन्  । प्रायः स्टिल उद्योगहरुको उत्पादन ६ महिनादेखि बन्द रहेको व्यवसायी बताउँछन्  । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम अभावको प्रभाव उद्योगमा परेको पञ्चकन्या ग्रुपका निर्देशक उज्ज्वल श्रेष्ठले जनाए ।

‘बजार छैन, कारोबार छैन,’ उनले भने, ‘निर्वाचनपछि बजार माग बढ्ला र यो क्षेत्र चलायमान होला भन्ने आशामा छौं ।’ अर्थमन्त्री जर्नादन शर्माले ब्लेड लगायत वस्तुको भन्सार दर बढाएपछि आयात गर्ने उद्योगलाई ७ रुपैयाँ महँगो परेको उनको भनाइ छ । यद्यपि उक्त निर्णय सरकारले सच्याइसकेको छ । ‘ब्लेड आफैं बनाउने उद्योगलाई डन्डी उत्पादन सस्तो पर्छ,’ श्रेष्ठले भने, ‘ब्लेड आयात गरेर डन्डी उत्पादन गर्नेलाई ७ रुपैयाँ महँगो पर्छ ।’ पञ्चकन्या उद्योगले ब्लेड आयात गरेर डन्डी बनाउने गरेको उनले बताए ।

बैंकसँग रकम अभाव हुँदा त्यसको प्रभाव उद्योगमा परेको नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका सदस्यसमेत रहेका श्रेष्ठको भनाइ छ । ब्लेडको कारोबार करोडौं रुपैयाँमा हुन्छ । ‘यो कारोबारका लागि कर्जा दिन बैंकसँग क्षमता छैन,’ उनले भने, ‘जसको प्रभाव समग्र उद्योगमा परेको छ ।’ नेपाल राष्ट्र बैंकको कसिलो नीतिले पनि व्यवसाय चलाउन समस्या भएको उनको गुनासो छ । ‘सरकारी खर्च हुन सकेको छैन । सबैको ध्यान निर्वाचनमा केन्द्रित छ,’ उनले भने, ‘जबसम्म मौद्रिक नीति व्यवसायीमैत्री आउँदैन, बजारमा यसको माग बढ्दैन, तबसम्म उद्योग चलाउन गाह्रो छ ।’

पहिले वार्षिक १२ देखि १५ लाख टन डन्डी खपत हुने गथ्र्यो । गत आर्थिक वर्षमा भने १० लाख टन मात्र खपत भएको छ । ‘उद्योगहरूको उत्पादन क्षमता वार्षिक ४५ लाखदेखि ५० लाख टनसम्म छ,’ श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा उद्योगहरूको क्षमता उपयोग ३० प्रतिशत मात्र छ ।’ बैंकहरूको ब्याजदर बढिरहेको छ । तरलताको अवस्था के हुन्छ र ब्याजदर कति पुग्छ भन्ने कुराले उद्योगहरूको उत्पादन क्षमता निर्भर हुने उनले बताए । ‘डन्डी उद्योग ३२ वटा दर्ता भएका छन्, त्यसमा १८ भन्दा बढी चलेका छैनन्,’ उनले भने, ‘हाम्रो उद्योगको उत्पादन बन्द भएर मौज्दातमा रहेको सामान मात्र बिक्री गरिरहेका छौं ।’ मंसिरमा पनि उद्योग चल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । डन्डी उद्योगले घाटा सहेर बिक्री गरिरहेको उनको दाबी छ । ब्लेड आयात गर्ने उद्योगको संख्या करिब १० रहेको श्रेष्ठको भनाइ छ ।

सरकारी नीतिमा परिवर्तन हुन नसक्दा डन्डीको बजार प्रभावित बनेको हामा स्टिलका राजन श्रेष्ठ बताउँछन् । ‘ब्लेड ल्याएर डन्डी उत्पादन गर्ने उद्योगले यहीँ ब्लेड तयार पारेर डन्डी उत्पादन गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा केही उद्योग बन्द भएका छन्,’ उनले भने, ‘त्यस्ता उद्योगले उनीहरूसँग डन्डी किनेर बिक्री गर्नुपर्ने अवस्था आएको छ ।’ लामो समय यस्तै भइरहे डन्डी उद्योगको अस्तित्व संकटमा पर्ने खतरा रहेको उनको भनाइ छ । ‘ठूला उद्योगसँग डन्डी किनेर बेच्न बाध्य छौं, आफैंले बाहिरबाट ब्लेड किनेर ल्याई बेच्न सक्ने अवस्था छैन,’ उनले भने ।

समग्रमा डन्डीको बजार गतिलो नभएको नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष एवं अम्बे स्टिल्सका हरि न्यौपानेको भनाइ छ । ‘घर बनाउनेहरूलाई बैंकले ऋण दिएको छैन । निर्माण व्यवसायीले काम गरेको भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘चुनावका कारण निर्माणका काम पनि खासै भएका छैनन्, जसले गर्दा यसको खपत छैन, बजारमा नगद प्रवाह पनि कम छ ।’ अम्बे स्टिल्स भने पूर्ण क्षमतामा चलेको उनले बताए । ‘हाम्रो उद्योग चलिरहेको छ, उत्पादन बिक्री भने कम छ,’ उनले भने, ‘राष्ट्र बैंकको नीतिले बैंकहरू पनि दोधारमा छन् ।’

दसैं तिहार, बर्खा, चुनाव सबैले यो उद्योगमा प्रभाव परेको उनको भनाइ छ । यहाँ भएका उद्योगहरूले भारतमा भन्दा सस्तोमा ब्लेड दिने गरेको उनले बताए । ‘भारतमा भन्दा दुईतीन रुपैयाँ कम मूल्यमा यहाँका उद्योगले ब्लेड दिन तयार छन्,’ उनले भने, ‘डन्डी बिक्री नभएर समस्या भएको हुन सक्छ । तर ब्लेड महँगो भएर यस्तो भएको हो भन्नु गलत हो ।’ व्यवसायीका अनुसार रोलिङ मिल भएको उद्योगको लागत ३ देखि ४ अर्ब रुपैयाँ र भट्टी जडित उद्योगको न्यूनतम लागत ५ देखि ६ अर्ब रुपैयाँ छ । यो समाचार कान्तिपुरमा पत्रकार विमल खतिवडाले लेखेका छन् ।

The post माग र बजार नभएपछि वीरगन्जको शालिमार सहित आधा दर्जन स्टिल उद्योग बन्द appeared first on Madhes Khabar.


COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: माग र बजार नभएपछि वीरगन्जको शालिमार सहित आधा दर्जन स्टिल उद्योग बन्द
माग र बजार नभएपछि वीरगन्जको शालिमार सहित आधा दर्जन स्टिल उद्योग बन्द
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/thumbkl.jpg?resize=1000%2C562&ssl=1
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_3.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_3.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content