जनकपुरधाम, मंसिर २६ । मिडिया काउन्सिल मधेस प्रदेशले आफ्ना अध्यक्ष शिवहरी प्रसाद भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । अध्य...
जनकपुरधाम, मंसिर २६ । मिडिया काउन्सिल मधेस प्रदेशले आफ्ना अध्यक्ष शिवहरी प्रसाद भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
अध्यक्ष भट्टराईको मंसिर १७ गते सर्लाहीको एक होटलमा हृदयाघातका कारण निधन भएको थियो ।
सोमबार जनकपुरधाममा मिडिया काउन्सिलद्वारा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले भट्टराईको निधनले पत्रकारिता जगतलाई अपुरणीय क्षति पुगेको बताए ।
भट्टराईलाई स्मरण गर्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले उनको निधनले आफूहरुले एउटा असाध्यै निष्ठावान र इमान्दार अभिभावक गुमाएको बताए ।
मिडिया काउन्सिलका निमित्त प्रशासकीय प्रमुख मुनेश्वर यादवले भट्टराई अवसर पाएर पनि बेइमान नबनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए । स्वर्गीय भट्टराई निष्ठा र इमानको पर्याय भएको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन गत मंसिर १६ गते शुक्रबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुगेका ६९ वर्षीय भट्टराई १७ गते शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए ।
स्वर्गीय भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत थिए
The post जनकपुरधाम स्वर्गीय भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS