Powered by Blogger.

माओवादी संसदीय दलमा प्रचण्डलाई चुनौती दिने कोही छन् कि छैनन् ?

काठमाडौं,०७ पुस । नेकपा माओवादी केन्द्रले बेलुका ४ बजे सिंहदरबार स्थिति आफ्नै पार्टीको संसदीय दलको कार्यालयमा दलको नेता चयन गर्दै छ । सिंहदर...

काठमाडौं,०७ पुस । नेकपा माओवादी केन्द्रले बेलुका ४ बजे सिंहदरबार स्थिति आफ्नै पार्टीको संसदीय दलको कार्यालयमा दलको नेता चयन गर्दै छ । सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले दलको नेता, उपनेता र प्रमुख सचेतक लगायत चयन गर्ने तयारी गरेको हो ।

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन हुनेमा निश्चित जस्तै छ । पार्टीका अरू सिनियर नेताहरूले दाबी नगरेकाले प्रचण्ड नै हुने सम्भावना छ । २०६२/०६३ साल माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दलको नेतामा प्रचण्ड हुँदै आएका छन् । उनलाई चुनौती दिने गरी दलको नेता र पार्टी अध्यक्षमा कसैले दाबी गरेका छैनन् । बरु प्रचण्डसँग पार्टीभित्र अन्तर संघर्ष गर्नेहरू पार्टी नै छोडेर अर्को पार्टी गठन गरेका दृष्टान्त छन् । प्रचण्ड विगत १५ वर्षदेखि लगातार दलको नेता हुँदै आएका छन् ।

कांग्रेसमा भने दलको नेतामा नेताहरूले प्रतिस्पर्धा गर्दै आएका छन् । गत बुधबार भएको कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग गगनकुमार थापाले प्रतिस्पर्धा गरे । थापा देउवा भन्दा उमेरले ३२ वर्ष कान्छा भए पनि दलको नेतामा प्रतिस्पर्धा गरेर पराजित भएका छन् । कांग्रेसभित्र दलको नेता प्रतिस्पर्धा नगरेर नेताहरूले छोड्ने गरेका छैनन् । एमाले अध्यक्ष र दलको नेतामा पार्टीभित्रै प्रतिस्पर्धा हुने गरेको छ । यो पटक भने दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भइसकेका छन् । ओली नेतृत्वमा आएपछि दलको नेतामा प्रतिस्पर्धा हुने परम्परा हराएर गएको छ ।

माओवादीका संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डको विकल्प नरहेको माओवादी सांसदहरू बताउँछन् । अहिलेसम्म पार्टीमा दलको नेता हुन्छु भनेर कसैले दाबी नगरेको सांसद रेखा शर्माको बताइन\ । पार्टी र देशलाई नेतृत्व गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डलाई नै दलको नेता बनाएर जानुपर्ने शर्माको भनाई छ ।

यता, माओवादीका सांसद पूर्णबहादुर घर्तीले संसदीय दलको नेता र नेतृत्व उमेरले दाबी गर्न नमिल्ने सांसद जिकिर गरे । ‘कम्युनिस्ट पार्टीमा उमेर हुँदैन । विचारले नेतृत्व परिवर्तन र पुस्तान्तरण हुन्छ । नेतृत्व आफैले अब नेतृत्व गर्न सक्दिनँ भन्यो वा नयाँ पुस्ताले अब पुरानो पुस्ताबाट हुँदैन हामी नेतृत्व गर्छौँ भन्ने गरी विश्वास दिलाएर अघि आएमा हुनसक्छ’ रातोपाटीसँग कुरा गर्दै घर्तीले भने, ‘तर, कुनै अमुक पार्टीमा नेतृत्वमा बुढा भयौँ छाड भन्यो भन्दैमा कम्युनिस्ट पार्टीमा यस्तो हुँदैन । यसरी कम्युनिस्ट पार्टीमा भन्नु विधिसंगत र तर्कसङ्गत हुँदैन । आवश्यकताले नेतृत्व परिवर्तन गरिन्छ ।’ बरु नेतृत्व लिने गरी विकास गरेर अगाडि आउन नसक्नु युवा पुस्ताको कमजोरी भएको घर्तीको भनाई छ ।

यस्तै माओवादीका अर्का सांसद सुदन किराँतीले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्डले नै नेतृत्व गरेकाले दलको नेतामा अर्को विकल्प नभएको दाबी गरे । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने भएकाले प्रचण्ड नै दलको नेता बनाएर जानुपर्ने जिकिर गरे । अहिले नै दलको नेतामा विकल्प खोज्नु आत्मघाती हुने भएकाले प्रचण्डलाई दलको नेता बनाएर जानुपर्ने किरातीको उनको भनाइ ।

माओवादीका प्रत्यक्ष १८ जनासहित समानुपातिक गरेर कुल ३२ सांसद छन् । प्रचण्ड दलको नेता चयन भएपछि उनले प्रधानमन्त्रीका लागि सत्ता गठबन्धनभित्र आफ्नो कुरा राख्ने भएका छन् । प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री हुने गरी अरू दलको नेताहरूसँग संवाद जारी राखेका छन् ।

The post माओवादी संसदीय दलमा प्रचण्डलाई चुनौती दिने कोही छन् कि छैनन् ? appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: माओवादी संसदीय दलमा प्रचण्डलाई चुनौती दिने कोही छन् कि छैनन् ?
माओवादी संसदीय दलमा प्रचण्डलाई चुनौती दिने कोही छन् कि छैनन् ?
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_38.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_38.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content