सर्लाही,१९ मंसिर । सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित लालब...
सर्लाही,१९ मंसिर । सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २(०२(००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
The post सर्लाहीबाट गाँजासहित २ जना पक्राउ appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS