Powered by Blogger.

चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा

जनकपुर,१५ मंसिर । मधेस सरकारका मन्त्रीहरुका लागि यो चुनावले निराशा ल्याएको छ । प्रदेशका तीन जना प्रमुख मन्त्रीहरु पराजित भएका छन् । मंसिर ४ ...

जनकपुर,१५ मंसिर । मधेस सरकारका मन्त्रीहरुका लागि यो चुनावले निराशा ल्याएको छ । प्रदेशका तीन जना प्रमुख मन्त्रीहरु पराजित भएका छन् । मंसिर ४ गते भएको चुनावमा मुख्यमन्त्रीसहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधनप्रसाद महतो पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।

‘प्रदेश सरकारको कामकाजले नागरिक असन्तुष्ट रहेको सङ्केत यसपालिको चुनावले दिएको,’ रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका अवकाशप्राप्त प्राध्यापक रहेका राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताए । नागरिकको भन्दा आफ्ना नातागोतालाई प्रश्रय दिएका कारण यो अहिले भएको उहाँको भनाइ छ ।

सप्तरी क्षेत्र नम्बर २ (क) बाट प्रतिस्पर्धा गरेका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग ८ हजार ४४२ मतले पराजित हुनुुभएको छ । यो क्षेत्रबाट विजयी भएका सिंहलाई १६ हजार ७३४ मत आएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी रहेका ८ हजार २ सय ९२ मत ल्याउनुुभएको छ ।

यसैगरी सिरहाको क्षेत्र नम्बर २ (क) बाट चुनाव लडेका कृषिमन्त्री विजयकुमार यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले ६४४ मतले पराजित गर्नुभएको छ । योे क्षेत्रबाट विजयी भएका सञ्जयलाई १२ हजार १७१ मत आएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी विजयलाई ११ हजार ५२७ मत आएको छ ।

यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई नेकपा (एमाले) का हरिनारायण महतोले १ हजार ३४२ मतले पराजित गर्नुभएको छ । यो क्षेत्रबाट विजयी भएका हरिनारायणलाई १७ हजार ३०२ मत आएको थियो भने उद्योग मन्त्री शत्रुधनलाई १५ हजार ९६० मत आएको छ । शत्रुधन एकीकृत समाजवादी पार्टीबाट प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (ख) बाट, कानुन न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (ख) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट पुनः निर्वाचित हुुनुुभएको छ । ‘नागरिकका लागि काम गरेकाले आफूले जितेको गृह तथा सञ्चार मन्त्री साहले दाबी गर्नुभयो ।

प्रदेश सरकारका अरु मन्त्रीहरु किन हारे यसको उत्तरमा मन्त्री साहले भन्नुुभयो, ‘यो समीक्षाको विषय हो यसको हामीले पछि समीक्षा गर्ने नै छौँ।’ प्रदेश सरकारको भ्रष्टाचारका लागि पटक पटक आवाज उठाउँदै आएका सामाजिक संस्था (मास) का अध्यक्ष सरोज मिश्रले प्रदेश सरकारमा अत्यधिक भ्रष्टाचार बढेको प्रमाणसहित राख्दा पनि मुख्यमन्त्रीसहित सबैले नजरअन्दाज गर्दै आएका थिए तर नागरिकले सवक सिकाएको बताउनुुभयो ।

प्रदेश सरकारमा अरुलेजस्तो राम्रो काम गर्न नसकेको आरोप खेप्दै आएका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुुभएको छ।

 

The post चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा
चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_44.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_44.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content