Powered by Blogger.

अन्तर्घाती बिरुद्ध नेकपा एमाले पर्सा कडा, १४ निष्कासित २६ जनालाई स्पष्टीकरण

बीरगन्ज,१८ मंसिर – आम निर्वाचन २०७९ को निर्वाचनमा नराम्रोसँग हार व्यहोरेपछि नेकपा एमाले पर्सामा आरोप प्रत्यारोपको लहर चलेको छ । बलियो संठन र...

बीरगन्ज,१८ मंसिर – आम निर्वाचन २०७९ को निर्वाचनमा नराम्रोसँग हार व्यहोरेपछि नेकपा एमाले पर्सामा आरोप प्रत्यारोपको लहर चलेको छ । बलियो संठन रहेको दावी गर्दै आएको नेकपा एमाले पर्सा भित्रकाे आन्तिरक बिवाद सतहमा आएको छ । नेकपा एमाले पर्साको सचिवालय बैठकले अन्तर्घातका कारण पार्टीको पर्सामा हालत खराब भएको भन्दै थुर्पै नेताहरुलाई कारवाही गरेको छ । कारवाही अन्तर्गत हाईप्रोइल नेताहरुलाई सधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित गरिएको छ ।

हारे बेहोरेका नेताहरु अन्तर्घातमाथी कडा रुपमा प्रस्तुत भएका छन् । चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो। निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले बताए । उनले व्यक्ति भन्दा पार्टीको बिधि र पद्धती माथी रहेको भन्दै अन्तर्घातीहरु कारवाही गरिएको दावी गरेका छन् । पर्सा पार्टी सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई कारबाही गरिएको उनले बताए ।

कारबाहीमा परेका सचिव गुप्ता वर्तमान छिपहरमाई गाउँपालिका अध्यक्ष पनि हुन् । यसैगरी, साधारण सदस्यसमेत नरहने गरी कारबाही पर्नेमा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारू ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु जिल्ला सदस्य एवं छिपहरमाई गाउँपालिका–५ का वर्तमान वडाध्यक्ष मौजीलाल साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारुले जानकारी दिए ।

यस्तै उक्त सचिवालय कमिटीको बैठक अनुशासन विपरित गतिविधि गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा महेश दास ,नरेश तिकडेवाल ,अमोद यादव, संजिव बहादुर छत्कुली, विश्वराज कुर्मी, जितेन्द्र पटेल ,सम्सुदिन अंसारी, सुनिल कुशवाहा, रामबाबु साह , प्रमोद यादव , महादेव साह कलवार, इनरदेव चौधरी, रामनाथ चौधरी, रामराज यादव , हरिनारायण चौधरी , रामेश्वर साह कानु , फरिन्द्र कुशवाहा , जितेन्द्र साह कलवार, नाजिर मियाँ, गौरी शंकर साह कानु, महेन्द्र साह कलवार, विनोद साह कानु, विश्वेश्वर यादव , कुरान अलि , फुलमहमद मियाँ,रियाजुल मियाँ सचिवालय कमिटी बैठकले ठोरी गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठसहितका नेताहरु परेका छन् । चित बुझदो जवाफ नआए स्पष्टीकरण सोधिएका नेताहरु समेत कारवाही गर्ने नेकपा एमाले जिल्ला सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजार र प्रदेश कमिटी सदस्य बश्रुदिन अन्सारीलाई कारबाहीका लागि केन्द्रिय कमिटीमा बैठकले सिफारिश गरेको छ ।

हजार र अंसारी पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि सचिवालय कमिटीले कारवाहीको माग गर्दै केन्द्रिय कमिटीमा सिफारिश गरेको छ । जिल्ला कमिटीले छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको लागि केन्द्रिय कमिटीमा पठाएको जनाएको छ ।

यता बैठकमा उपस्थित रहेका तथा म्यानुट पुस्तिकामा हस्ताक्षर समेत गरेका नेकपा एमाले पर्सामा इन्चार्ज प्रभु हजराले एक बिज्ञप्ती प्रकाशित गरी बैठकबाट कसैलाई कारवाही नगरिएको दावी गरेका छन् । अन्तर्घाती तथा अनुशासन बिपरित कार्य गर्ने नेतालाई कारवाही गर्ने नेकपा एमालेमा बिधि रहेको भएपनि त्यसको प्रमाणहरु जुटाई कारवाही हुने बताउँदै हाल वाहिर आएको समाचारहरुमा कुनै सत्यता नरहेको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेकाहरुको नामावलीः

१. जिल्ला कमिटी सचिव एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता

२. जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव

३. गाउँपालिका कमिटी अध्यक्ष एवं वडा अध्यक्ष वासुदेव महत्तो थारु

४. ताजदिन अंसारी ( जिल्ला कमिटी सदस्य )

५. इमरान हुसेन ( जिल्ला सचिवालय सदस्य )

६. मंजूर आलम ( जिल्ला कमिटी सदस्य )

७. पवन तिवारी ( जिल्ला कमिटी सदस्य )

८. सुबास साह कानु ( जिल्ला कमिटी सदस्य )

९. वीरेन्द्र साह कानु ( जिल्ला सचिवालय सदस्य )

१०. छिपहरमाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मौजीलाल साह कानु ( जिल्ला कमिटी सदस्य )

११. मुस्तकीम अंसारी ( पूर्व जिल्ला कमिटी सदस्य )

१२. रामप्रित महतो थारु ( जिल्ला कमिटी सदस्य )

१३. अमानत अंसारी ( सचिवालय सदस्य )

१४. नबिजान मियाँ

सचिवालय कमिटीको बैठक पार्टीको निर्देशनमा अनुशासन विपरित गतिविधि गर्ने २६ लाई स्पष्टीकरण सोधेको छ 

१. महेश दास (महानगर कमिटी उपाध्यक्ष)

२. नरेश तिकडेवाल

३. अमोद यादव

४. संजिव बहादुर छत्कुली ( निर्वाचित वडा अध्यक्ष )

५. विश्वराज कुर्मी

६. जितेन्द्र पटेल

७. सम्सुदिन अंसारी

८. सुनिल कुशवाहा

९. रामबाबु साह

१०. प्रमोद यादव

११. महादेव साह कलवार

१२. इनरदेव चौधरी

१३. रामनाथ चौधरी

१४. रामराज यादव

१५. हरिनारायण चौधरी ( जिल्ला कमिटी सदस्य )

१६. रामेश्वर साह कानु ( जिल्ला कमिटी सदस्य )

१७. फरिन्द्र कुशवाहा ( जिल्ला कमिटी सदस्य )

१८. जितेन्द्र साह कलवार ( जिल्ला कमिटी सदस्य )

१९. नाजिर मियाँ ( जिल्ला कमिटी सदस्य )

२०. गौरी शंकर साह कानु ( जिल्ला कमिटी सचिवालय सदस्य )

२१. महेन्द्र साह कलवार

२२. विनोद साह कानु

२३. विश्वेश्वर यादव

२४. कुरान अलि

२५. फुलमहमद मियाँ

२६. रियाजुल मि

The post अन्तर्घाती बिरुद्ध नेकपा एमाले पर्सा कडा, १४ निष्कासित २६ जनालाई स्पष्टीकरण appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: अन्तर्घाती बिरुद्ध नेकपा एमाले पर्सा कडा, १४ निष्कासित २६ जनालाई स्पष्टीकरण
अन्तर्घाती बिरुद्ध नेकपा एमाले पर्सा कडा, १४ निष्कासित २६ जनालाई स्पष्टीकरण
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_45.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_45.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content