काठमाडौं,२३ मंसिर सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास ...
काठमाडौं,२३ मंसिर सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ ।
कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गिठत इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्नेछ ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराएका थिए । यसको पेशी आज शुक्रबारका लागि तोकिएको छ ।
The post महाभियोग निष्क्रिय पत्रविरुद्धको रिटमा सुनुवाई गर्न संवैधानिक इजलास गठन appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS