बीरगन्ज,२२ मंसिर – स्व. पत्रकार नरेश सर्राफ सबैको साझा व्यक्तित्व रहेको कुरामा वक्ताहरुले जोड दिएका छन् । क्रियाशील युवा पत्रकार मञ्च पर्साल...
बीरगन्ज,२२ मंसिर – स्व. पत्रकार नरेश सर्राफ सबैको साझा व्यक्तित्व रहेको कुरामा वक्ताहरुले जोड दिएका छन् । क्रियाशील युवा पत्रकार मञ्च पर्साले स्व.पत्रकार नरेश सर्राफको दिवगंत आत्माको चिरशान्तिको लागि आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै वक्ताले स्व. पत्रकार सर्राफ कर्मठ,लगनशील,मेहन्ती,निडर तथा सत्यको पक्षमा कलम चलाउने पत्रकार रहेको कुरामा वक्ताहरुले जोड दिए ।
क्रियाशील युवा पत्रकार मञ्च पर्साका अध्यक्षमा प्रणय कुमारको अध्यक्षतामा सम्पन्न भएकोे श्रद्धाञ्जली सभामा पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल, बीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारी,प्रेस चौतारी पर्साका सह–संयोजक तुलसी भण्डारी लगायतकाले स्व.पत्रकार सर्राफको व्यक्तित्वको बिषयमा चर्चा गरेका थिए ।
पत्रकार तथा बिभिन्न संगठनका पदाधिकारीहरुले स्वं सर्राफको तस्वीरमा माल्यअर्पण गर्दै उनले देखाएको बाटोमा हिडन सके मात्र उनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताए । त्यसैगरी उनले देखेका सपनाहरु पर्सेली पत्रकारिता जगतले पुरा गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रमको सहजीकरण क्रियाशील युवा पत्रकार मञ्चका आंनद पटेलले गरेका थिए ।
The post स्व. पत्रकार सर्राफ सबैको साझा व्यक्तित्व रहेको वक्ताहरुको जोड appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS