नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन्। महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा...
नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन्। महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेका हुन् ।
उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले रातोपाटीलाई जानकारी दिए। झुन्डिएको अवस्थामा फेला परेका उनलाई त्यसलगत्तै ह्याम्स अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको बोहोराले जानकारी दिए ।
महतले २०७६ सालमा सेनाबाट अवकाश पाएका थिए।
The post सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS