मधेसखबर वीरगन्ज,१९मंसिर : दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै नेकपा ...

मधेसखबर
वीरगन्ज,१९मंसिर : दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ३१७ मतान्तरले विजयी भएका हुन्।
कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन्।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्।
दोलखामा सत्ता गठनब्धनले बुथ कब्जा गरेको उजुरी परेपछि निर्वाचन आयोगले केहि मतदान केन्द्रमा भने मंसिर १५ गते पुनः मतदान गरेको थियो।
The post दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी appeared first on Madhes Khabar.
COMMENTS