Powered by Blogger.

जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

मधेसखबर वीरगन्ज ,०२ मंसिर :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरले जग्गा वर्गिकरणकाे काम सम्पन्न गरेकाे भन्दै मालपाेत कार्यालयक...

मधेसखबर
वीरगन्ज ,०२ मंसिर :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरले जग्गा वर्गिकरणकाे काम सम्पन्न गरेकाे भन्दै मालपाेत कार्यालयका प्रमुखलाई कित्ताकाट सुरु गरेर जनताका दैनिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।

जिल्ला मालपाेत कार्यालय परिसरमा शनिबार बिहान आयाेजित कार्यक्रममा मेयर सिंहले मालपाेत कार्यालयका प्रमुख ऋषि कुमार दाहाललाई यस्ताे आग्रह गरेका हुन् ।  महानगरले ३२ वटै वडामा रहेका जग्गालाई विभिन्न ७ थरीमा वर्गिकरण गरेकाे छ ।वर्गिकरणका लागि राेकिएकाे कित्ताकाट वर्गिकरण सम्पन्न भएसँगै अब खुला गर्नु पर्नेमा मेयर सिंहले जाेड दिए ।

मेयर सिंहले मालपाेत कार्यालयलाई व्यवस्थित गर्दै मालपाेत, नापी र भूमीसुधार कार्यालयका लागि बहुतले भवनकाे आवश्यकता रहेकाे औँल्याउँदै भवनकाे नक्सा बनाएर ल्याए भवन निर्माणका लाग आफूले पनि पहल गर्ने बताए ।

मेयर सिंहले मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सुविधाजनक बस्ने स्थान र शौचालयकाे निर्माण महानगर आफैँले गरिदिने पनि बताए ।उनले मालपाेत कार्यालय अगाडीकाे सडकमा जथाभावी सवारी साधन नराखी ताेकिएकाे स्थानमा मात्रै पार्किङ गर्न पनि लेखापढी व्यवसायी र सेवाग्राहीलाई अनुरोध पनि गरे।

कार्यक्रममा मालपोत कार्यालय पर्साका प्रमुख ऋषि कुमार दाहाल, लेखापढी व्यवसायी संघका अध्यक्ष मदन पटेल, नगर कार्यपालिका सदस्य खैरुद्दिन हवारी, लेखापढी व्यवसायी तथा स्थानीय बासीन्दाको उपस्थिति रहेको थियो ।

The post जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह appeared first on Madhes Khabar.


COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह
जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/IMG-20221217-WA0000.jpg?resize=1024%2C768&ssl=1
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_67.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_67.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content