काठमाडौं,२२ मंसिर । पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सि...
काठमाडौं,२२ मंसिर । पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको छ ।
गठनको छोटो समय भएकाले देशभर संगठनको फैलावट पुगिनसकेको भए पनि उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । यसबाट उसले थप १४ सिट प्राप्त गरेर संसदको चौथो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
समानुपातिक तर्फको मतगणना सकिएकाले दलहरुले प्राप्त गर्ने सिटबारे जानकारी दिन आयोगले पत्राचार गर्ने तयारी गरेको छ । आयोगको पत्राचारपछि दलहरुले आफ्नो तर्फबाट सांसद बन्नेहरुको नाम आयोगलाई पठाउनुपर्ने छ । दलहरुले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको ‘कलस्टर’ समेत मिलाएर नाम पठाउनु पर्छ ।
समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आदिवासी जनजाति र खस आर्यबाट ३/३ जना, दलित र मधेशीबाट २/२ जना तथा पिछडिएका वर्ग, थारू र मुस्लिमबाट १/१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।
यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवारहरु
१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
३. असिम साह (मुस्लिम पुरुष)
४. मनिष झा (मधेसी पुरूष)
५. इन्दिरा राना मगर (आदिवासी महिला)
६. सुमना श्रेष्ठ (आदिवासी महिला)
७. अशोक चौधरी (थारु पुरुष)
८. तपेश्वर यादव (मधेशी पुरुष)
९. गणेश कार्की (खस आर्य पुरुष)
१०. दीपक बोहरा (खस आर्य पुरुष)
११. सन्तोष परियार (दलित पुरुष)
१२. कल्पना रोक्का (दलित महिला)
१३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)
The post रास्वपाले समानुपातिकबाट क-कसलाई पठाउँदै छ संसदमा ? appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS