Powered by Blogger.

सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा

काठमाडौं,१५ मंसिर । मंसिर ४ गते सम्पन्न चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल प्राप्त मतको आधारमा दलहरुले संघ तथा प्रदेशमा नयाँ सरकार ग...

काठमाडौं,१५ मंसिर । मंसिर ४ गते सम्पन्न चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल प्राप्त मतको आधारमा दलहरुले संघ तथा प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल सुरु गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् ।

चुनाव जितेपछि विजयोत्सव मनाइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौं बोलाएर छलफल गरेका हुन् । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिन्छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ ।

बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले ५४ (१ अग्रता), माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । गठबन्धनको जम्मा प्रत्यक्ष मत ८६ हुन्छ । हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले समानुपातिकतर्फ बढीमा ४६ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ ।

सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ । त्यही भएर सीके राउतलाई सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ ।

उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ । नागरिक उन्मुक्ति पार्टीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन् । यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा.अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस विषयमा केही बोलेका छैनन् ।

The post सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा
सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_75.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_75.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content