Powered by Blogger.

मधेसकी चेली निकिता पहिलो प्रयासमै बनिन् पुलिस इन्स्पेक्टर

वीरगन्ज,२४ मंसिर : गत मङ्सिर ८ गते लोकसेवा आयोगले २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा लिएको परीक्षाक...

वीरगन्ज,२४ मंसिर : गत मङ्सिर ८ गते लोकसेवा आयोगले २०७८ सालमा नेपाल प्रहरी सेवा अन्तर्गतको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा लिएको परीक्षाको नतीजा प्रकाशित गरयो।

१४६ जना उत्तीर्ण भएको नामावली भित्र मधेसी चेली निकिता मिश्रको पनि नाम थियो । त्यो दिन निकिता काठमाडौंकै गल्र्स होस्टेलमा थिइन् । साँझको समयमा नतीजा प्रकाशित हुँदा साथीहरूले उनलाई शुभकामना र बधाई दिन थाले ।नतीजा आउने दिन दिउँसोदेखि नै नर्भस भएकी निकिता साँझको समयमा साथीहरूले ख्यालठट्टा गरेको भनेर रिसाइन् पनि । पुनः एकजना साथीले लोकसेवा आयोगको नतीजाको प्रतिलिपिको स्क्रिनसट उनको म्यासेन्जरमा पठाउँदा मात्र उनी विश्वस्त भइन् ।

पछि लोकसेवा आयोगको वेबसाइटमा नतीजा हेरेपछि निकिताले जोडले चिच्याउँदै खुशी साटासाट गरिन्। वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित चिनीमिल आवास क्षेत्रमा बसोबास गर्ने निकिताले आमासँग भिडियो कलमा खुशीको खबर सुनाउँदा आमा खुशीले छोरीसँगै भिडियो कलमा रुन थालिन् ।धेरै सङ्घर्षपछि २३ वर्षीया मिश्रले प्रहरी निरीक्षकमा एकैचोटि सफलता हासिल गरेपछि अहिले वीरगन्ज, रौतहट र काठमाडौंमा समेत उनको चर्चा चलेको छ ।

सामाजिक सञ्जाल फेसबूकमा निकिता मिश्रको वाल शुभकामनाले भरिएको छ । रौतहटको बलुवा मदनपुर गाउँपालिका स्थायी घर भएकी निकिताको परिवार अहिले वीरगन्ज स्थित चिनीआवास क्षेत्रमा बस्छ । निकिताका बुबा वीरगन्जकै सिद्धार्थ माविमा कार्यरत छन् ।

सिद्धार्थ माविबाट स्कूले अध्ययन गरेकी निकिताले ठाकुर राम बहुमुखी क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरिन् भने हाल त्यहि क्याम्पसमा राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । स्नातक सकेर जिएचपी स्कूल वीरगन्जमा चार वर्षसम्म लेखापालमा जागीर गरेकी निकिताले आफूलाई साहसी महिला प्रमाणित गरेकी छन् ।

चार वर्षअघि प्लस टु सकेर सुब्बाको लिखित परीक्षा उत्तीर्ण भएतापनि अधिकृतस्तरको जागीर खान्छु भन्ने सोचले गर्दा उनी अन्तर्वार्ता दिन नै गइनन् । त्यसपछि स्तातक सकाएर काठमाडौंको कोलम्बिया इन्स्ट्च्युटबाट प्रहरी निरीक्षक पदको तयारी गरेकी निकिता पहिलो प्रयासमैं सफल हुँदा निकै खुशी छिन् उनि ।

मङ्सिर २४ गते (आज )देखि उनी १६ महीने तालीममा सहभागी भएकि छन् । मधेसका छोरीचेलीलाई राज्यका हरेक अङ्ग तथा तहतप्कामा जागीर खानको लागि समाजले प्रेरित गर्नुपर्ने उनको आग्रह छ ।

निकिता भन्छिन् ,‘ जसरी पहाडी समुदायमा छोरीचेलीलाई स्वतन्त्र वातावरण दिइन्छ, तर मधेसका छोरीचेलीहरु रूढिवादी चिन्तन र सोचाइका कारण पछि पर्दै गर्दै गएका छन् । छोरीलाई विभेद नगरी छोरा सरह शिक्षादीक्षा, पालनपोषण, घुमफिर लगायतमा अभिभावकले ध्यान दिए घरपरिवार, समाज र देशको नाम उज्ज्वल गर्न सक्ने उनको दाबी छ ।

The post मधेसकी चेली निकिता पहिलो प्रयासमै बनिन् पुलिस इन्स्पेक्टर appeared first on Madhes Khabar.


COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: मधेसकी चेली निकिता पहिलो प्रयासमै बनिन् पुलिस इन्स्पेक्टर
मधेसकी चेली निकिता पहिलो प्रयासमै बनिन् पुलिस इन्स्पेक्टर
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/nikita-.jpg?resize=1024%2C682&ssl=1
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_88.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_88.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content