काठमाडाैँ,२० मंसिर । अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...
काठमाडाैँ,२० मंसिर । अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा झरेका महासंघले जनाएको छ ।
The post सुनको भाउ तोलामा २ सय रूपैयाँले घट्यो appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS