Powered by Blogger.

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

वीरगन्ज ,२१ मंसिर : कतारमा भइरहेको फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित...

वीरगन्ज ,२१ मंसिर : कतारमा भइरहेको फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो । अब पोर्चुगललले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् ।

एसियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको चुनौती भने अन्तिम १६ मै समाप्त भएको छ ।

युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।

अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिए ।

यस पटक विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो । तर क्वाटरफाइनलमा आइपुग्दा भने तीन महादेशका टिम मात्र बाँकी छन् ।

क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्नेछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ भने दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुनेछ ।

 

क्वाटरफाइनल खेलतालिका

मंसिर २३ गते शुक्रबार

क्रोएसिया भर्सेस ब्राजिल (राति ८:४५ बजे)

नेदरल्याण्ड्स भर्सेस अर्जेन्टिना ( मध्य राति १२:४५ बजे)

मंसिर २४ गते शनिबार

मोरक्को भर्सेस पोर्चुगल (राति ८:४५ बजे)

इंग्ल्याण्ड भर्सेस फ्रान्स ( मध्यराति १२:४५ बजे)

सेमिफाइनल – मंसिर २७ गते मंगलबार

पहिलो क्वाटरफाइनल विजेता भर्सेस दोस्रो क्वाटरफाइनल विजेता ( मध्य राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

तेस्रो क्वाटरफाइनल विजेता भर्सेस चौथो क्वाटरफाइनल विजेता ( मध्यराति १२:४५ बजे)

तेस्रो स्थान – पुस २ गते शनिबार

पहिलो सेमिफाइनल उपविजेता भर्सेस दोस्रो सेमिफाइनल उपविजेता (राति ८:४५ बजे)

फाइनल पुस – ३ गते आइतबार

पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता (राति ८:४५ बजे)

साभार:अनलाइनखबर

The post विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका appeared first on Madhes Khabar.


COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका
विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/11/world-cup-2022.jpg?resize=800%2C448&ssl=1
dddddd
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_95.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2022/12/blog-post_95.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content