Powered by Blogger.

पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु...

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् ।

मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

The post पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते
पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते
dddddd
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_12.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_12.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content