Powered by Blogger.

को हुन मधेश प्रदेशका नयाँ मुख्यमन्त्री सरोज कुमार यादव ?

जनकपुरधाम, पुष २७ । मधेस प्रदेशको दोस्रो मुख्यमन्त्रीमा बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सरोजकुमार यादव नियुक्त भएका छन् ...

जनकपुरधाम, पुष २७ । मधेस प्रदेशको दोस्रो मुख्यमन्त्रीमा बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सरोजकुमार यादव नियुक्त भएका छन् । उनी जसपाका संसदिय दलका नेता हुन । बुधबार ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका ५१ वर्षीय यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले तत्कालै बुधवार नै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

वि.स.२०२८ माघ १० गते बाराको सिमरौनगढ नगरपालिका–३ मा जन्मिएका यादव निरन्तर राजनितिक पदमा रहदै आएका व्यक्ति हुन् । मधेशवादी र गणतन्त्रवादी नेता स्व. गजेन्द्र नारायण सिंहसंगै राजनितिक थालेका बुबा परमान्नद प्रसाद यादव र आमा सिकिल देवीको सन्तानका रुपमा जन्मेका उनी प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

०४८ सालबाट सदभावना पार्टीबाट राजनीति सुरु गरेका यादव ०५४ सालमा बाराको तत्कालिन हरिहरपुर गाविसको अध्यक्ष बनेका थिए । ०६४ सालको निर्वाचनमा उनी बारा निर्वाचन क्षेत्र १ बाट तत्कालिन सद्भावना पार्टीबाट संविधानसभा सदस्य भएका थिए । ०६६ सालमा एमालेका महासचिव माधव कुमार नेपालको नेतृत्वमा बनेको सरकारमा उनी वाणिज्य तथा आपुर्ती राज्यमन्त्री बने ।०६८ सालमा भएको निर्वाचनमा उनी पुनः चुनाव जिते र त्यसपछि बनेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्न सफल भए । उनी राज्य मन्त्री बनेको दुवै कार्यकालमा सदभावना अध्यक्ष राजेन्द्र महतो मन्त्री र उनी सोहि मन्त्रालयका राज्य मन्त्री बनेकाले महतोसंग नजिकिए ।

त्यसपछि उनी ०६९ सालमा सद्भावना पार्टीको महासचिव र ०७३ सालमा सोही पार्टीमा उपाध्यक्ष रहेका यादव सदभावना सहित छ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन हुँदा समेत उपाध्यक्ष पद नै पाए । नेपालको संविधान २०७२ घोषणा भएपछि ०७४ मा भएको पहिलो एतिहाँसिक प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा भने उनले प्रदेशसभा रोजे र राजपाबाट बारा निर्वाचन क्षेत्र १ को ‘ख’ बाट निर्वाचित भए ।

निर्वाचन पछि मधेसमा दोस्रो ठुलो दलको रुपमा उदाएको राजपाबाट उनी निर्विरोध सभामुख पदमा चयन भएका थिए । पहिलो दल जसपाले मुस्लिम समुदायका लालबाबु राउतलाई मुख्यमन्त्री बनाएपछि राजपाबाट उनी सभामुखका लागि सहज पात्र बने । सभामुख बनेपनि विकास निर्माणका काममा उनको दखलअन्दाजी र मख्यमन्त्रीसंगको समन्वयका कारण जसपाका नेताहरुसंग नजिक भए ।

प्रदेशको राजधानी र नामांकरण गर्ने प्रक्रियामा अभिभावकिय रुपमा भुमिका खेलेका उनले मधेश प्रदेश नाम राख्न नचाहने सांसदहरुलाई समेत कन्भिन्स गरि आफनै कार्यकालमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम घोषणा गर्न सफल भए । उनको कार्यशैलीले जसपा अध्यक्ष उपेन्द्र यादव प्रभावित हुदै थिए ।

राजपा र संघिय समाजवादी मिलेर बनेको जसपाबाट महन्थ ठाकुर समुह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएर लोसपा सरकारबाट बाहिरिदा उनी जसपा नै रोजे र सभामुखको पुरा कार्यकाल चलाउन सफल भए । २०७९ को निर्वाचनमा पुनः जसपाबाट सोहि क्षेत्रमा प्रदेशसभा सदस्यमा चुनाव लडेर जितेका उनी मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

 

The post को हुन मधेश प्रदेशका नयाँ मुख्यमन्त्री सरोज कुमार यादव ? appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: को हुन मधेश प्रदेशका नयाँ मुख्यमन्त्री सरोज कुमार यादव ?
को हुन मधेश प्रदेशका नयाँ मुख्यमन्त्री सरोज कुमार यादव ?
https://spkhabar.com/wp-content/uploads/2023/01/324349652_511050341130675_9217651853478197991_n-1024x577.jpg
dddddd
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_14.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_14.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content