Powered by Blogger.

मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगमा शिल

जनकपुरधाम, २५ पुस । धनुषामा मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगमा शिलबन्दी गरिएको छ ।   संयुक्त अनुगमन समिति धनुषाल...

जनकपुरधाम, २५ पुस । धनुषामा मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगमा शिलबन्दी गरिएको छ ।

 

संयुक्त अनुगमन समिति धनुषाले जिल्लाको मिथिला नगरपालिकामा सञ्चालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग उद्योगमा शिलबन्दी गरेको हो ।

महोत्तरीको बर्दिवास नगरपालिका–१ बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस–३ महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका–९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योगमा शिलबन्दी गरिएको छ ।

यस्तै सरपल्लो गाविस–४ महोत्तरी बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले ंसंयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग, धनुषाको बेंगाडावर–६ बस्ने बिजय शर्माले मिथिला नगरपालिका–३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने शिवजी साह र वडा नम्बर–२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योगमा शिलबन्दी गरिएको अनुगमन टोलीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

 

क्रसर उद्योगहरुले नवीकरण नगराएको, नदीनालाको छेउमै उद्योग सञ्चालन गरेको, मानव वस्तीमा असर पारेको एवं बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन पारित नगराएको लगायतका न्युनतम मापदण्ड समेत पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए ।

आइतवार अनुगमन गरिएको ५ वटै क्रसर तथा बालुवा वासिङ्ग उद्योगहरु मापदण्ड विपरित सञ्चालनमा रहेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको उनले बताए ।

धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ्ग उद्योग दर्ता भएपनि अधिकांश बालुवा वासिङ्ग उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाको तथ्यांकले देखाएको छ ।

गृह मन्त्रालयले केही दिनपूर्व ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरित सञ्चालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारवाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समिति धनुषाले सक्रिय भएको हो ।

The post मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगमा शिल appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

Name

America,5,Article,1,Brexit,5,culture,1,featured,5,Festival,1,Football,5,html,1,Job,1,latest,5,main news,2,news,197,Photo,1,pictures,5,Politics,5,preeti-to-unicode-auto-2022,1,tech,5,Travel,5,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,4,Videos,5,
ltr
item
dddddd: मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगमा शिल
मापदण्ड विपरित सञ्चालित ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगमा शिल
https://nepalpostdaily.com/wp-content/uploads/2023/01/b-750x563-1-300x225.jpg
dddddd
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_38.html
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/
https://digitalbirgunj.blogspot.com/2023/01/blog-post_38.html
true
5175984846431172634
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content