बीरगन्ज,२४ पुस – पर्साको पोखरीया नगरपालिकाले आफ्नो २०७९÷०८० को छैठौं नगर सभाको तेस्रो बिशेष बैठक सम्पन्न गरेको छ । सभा पोखरीयाको नगरपालिकाको...
बीरगन्ज,२४ पुस – पर्साको पोखरीया नगरपालिकाले आफ्नो २०७९÷०८० को छैठौं नगर सभाको तेस्रो बिशेष बैठक सम्पन्न गरेको छ । सभा पोखरीयाको नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो ।
पोखरीयाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन भएको बैठकमा नगर उप प्रमुख रूबी कुमारी ठाकुर,पोखरिया नगर पालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार, वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु ,महिन्द्र प्रसाद चौहान, सियानन्द प्रसाद चौहान, प्रमानन्द प्रसाद कुर्मी ,किशोरी साह , नौशाद आलम, सोनालाल साह गोढ, कार्यपालिका सदस्य अजय कुमार कलवार, राधा साह कानु ,रामबचन महतो ,सीमा कुमारी पटेल,चुनी देवी, सलीमा खातुन ,सुगांधी देवी , तेतरी देवी, वडा सदस्यहरु,प्रशासन शाखा प्रमुख संदीप साह , शिक्षा शाखा प्रमुख विजय झा , बाल्मिकी साह, लगाएतको सहभागिता रहेको थियो ।
सभामा लेखा प्रमुख मनोज गिरिले स्वागत मन्तव्य राखेका थिय भने सञ्चालन नरेन्द्र साहले गरेका थिए । सभा कार्यपालिका सदस्यहरुले उठाएका बिभिन्न प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख चौहानले बिगतमा भएकामा कमी कमजोरीलाई सच्याउँदै नगरपालिकाको सम्पूर्ण कार्यहरुलाई जनमैत्री तथा चुस्त दुरुस्त बनाउँन दावी गरे ।
The post पोखरीया नगरपालिकाको छैठौं नगर सभाको तेस्रो बिशेष बैठक सम्पन्न appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS