बीरगन्ज,१८ पुस – बीरगन्ज अलगायतका आसपासका क्षेत्रमा अचानक चिसो बढेको छ । आज बिहानै देखि सितलहर चल्नुको साथै हुस्सु लागेको तथा अत्याधिक चिसो ...
बीरगन्ज,१८ पुस – बीरगन्ज अलगायतका आसपासका क्षेत्रमा अचानक चिसो बढेको छ । आज बिहानै देखि सितलहर चल्नुको साथै हुस्सु लागेको तथा अत्याधिक चिसो बढेको बीरगन्जवासीले महशुस गरेका छन् । चिसो बढेसँगै तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । जाडोका कारण बृद्ध बृद्धा,बालवालिका तथा दम्मका रोगीहरु सबै भन्दा बढी प्रभावित हुँदै आएका छन् ।
सितलहरका कारण बीरगन्ज बजारमा आज बिहानै देखि चहल पहल कम भएको छ । काम बिशेषले बीरगन्जमा आसपासका क्षेत्र तथा जिल्लाहरुबाट आउने ग्राहक तथा व्यापारीहरु समेत आज नआएको घण्टाघरका एक जना पसलेले बताए । जाडोबाट बच्न बढी चौक चौकमा बीरगन्ज महानरपालिका तथा पोखरिया नगरपालिका लगायतका स्थानिय सरकारहरुले आगो ताप्न दाउरा उपलब्ध गराएको भएपनि सो अपुग रहेको स्थानियहरुको भनाई छ ।
चिसो बढे पनि पर्साका सबै पालिकाहरुको संस्थागत तथा सरकारी बिद्यालयहरु संचालनमै रहेको छ । जाडोका कारण बिद्यालय पुगेका बिधार्थीहरुको पठन पाठन समेत प्रभावित भएको छ । ग्रामिण ईलाकाका स्कुलहरुमा बिद्यार्थीहरुको उपस्थिती न्युन रहेको छ ।
चिसोबाट बच्न सजगता अपनाउँने पर्ने तथा खासगरी बालवालिका र बुढापाखाहरुलाई बढी ध्यान दिनु पर्ने चिकित्यसहरुको सल्लाह छ । न्यानोगरी वस्ने,पोषिलो खाना, मन तातो झोलियो पदार्थ खाने तथा खुल्ला अकाशमुनी नबस्ने चिकित्सकहरुको राय छ ।
The post चिसोका कारण बीरगन्जको जनजीवन प्रभावित appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS