जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन । दलको नेता चयन गर...
जनकपुरधाम, २५ पुस । जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन ।
दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन ।
दलको नेताका लागि यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराइसकेका थिए ।
दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएका हुन ।
यादव मधेस प्रदेशको निवर्तमान सभामुख समेत हुन ।
जसपाको मधेस प्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् ।
The post जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS