जनकपुरधाम, २६ पुस । मधेस प्रदेश सरकारले सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले ६४ ...
जनकपुरधाम, २६ पुस । मधेस प्रदेश सरकारले सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले ६४ लाख रुपैयाँमा खरिद गरेको मोटरसाइकल सिरहाबाहेक प्रदेशका सातवटा जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई मंगलबार हस्तान्तरण गरेको हो ।
गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरीले पाएको सवारी साधनबाट शान्ति, सुरक्षा तथा जनताको जीउ धनको रक्षा गर्न मद्दत पुग्ने बताए । शान्ति सुरक्षा, विपद् व्यवस्थापन र सहिद परिवार एवं घाइतेहरूको राहतसहितको काम मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको उनले बताए ।
कार्यक्रममा महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसाउद खान, सशस्त्र प्रहरीका नायव महानिरीक्षक गणेश ठारा मगरलगायतकाले मन्त्रालयबाट प्राप्त सवारी साधनबाट प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
The post मधेस प्रदेश सरकारले दियो २४ थान मोटरसाइकल सुरक्षा निकाय appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS